शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपाल 'ए' र आज आयरल्यान्ड 'ए' बीच आज पहिलो टी ट्वेन्टी

नेपाल 'ए' र आज आयरल्यान्ड 'ए' बीच आज पहिलो टी ट्वेन्टी

साझा पोष्ट
बिहीबार , चैत १५ २०८०
  • images
    नेपाल 'ए' र आज आयरल्यान्ड 'ए' बीच आज पहिलो टी ट्वेन्टी
    images

    काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए को सामना गर्दैछ खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ ।


    images
    images

    नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

    नेपाल ए को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

    चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । दोस्रो टी२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

    आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ ।  नेपाल, बरोडा  र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार