शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बज्राचार्य मन्त्री बनेपछि हाम्रो नेपाली पार्टीमा विवाद

बज्राचार्य मन्त्री बनेपछि हाम्रो नेपाली पार्टीमा विवाद

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    बज्राचार्य मन्त्री बनेपछि हाम्रो नेपाली पार्टीमा विवाद
    images

    काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि पार्टीमा विवाद भएको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् ।


    images
    images

    मकवानपुरको हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप लगाए । उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए । बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए ।

    उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

    हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्व सरकारलाई दिएको समर्थन ९ चैत मंगलबार फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य मन्त्री बनेका हुन् । हाम्रो नेपाली पार्टीले यसअघि ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी रहेको जनाएको थियो । तर विहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच ५ बुँदे सहमति भएर बज्राचार्य मन्त्री बनेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार