शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री

विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।


    images
    images

    नेपाली महिला उद्यमी महासंघले शुक्रबार हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताए ।

    ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ ।’ 

    आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार