सोमबार, वैशाख १७ गते २०८१
Logo
सोमबार, वैशाख १७ गते २०८१

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको विशाल लक्ष्य

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको विशाल लक्ष्य

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी–२० खेलमा घरेलु टोली नेपाललाई २ सय २३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनायो ।


    images
    images

    आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । 

     कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए। केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए।

    स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए।

    गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए।

    नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १र१ विकेट लिए।
    नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार