बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

गाजामा नयाँ वार्ताका लागि इजरायली प्रधानमन्त्री सहमत

गाजामा नयाँ वार्ताका लागि इजरायली प्रधानमन्त्री सहमत

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    गाजामा नयाँ वार्ताका लागि इजरायली प्रधानमन्त्री सहमत
    images

    काठमाडौं । गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले  सहमति जनाएका छन् । हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उनले वार्ताका लागि सहमति जनाएका हुन् ।


    images
    images

    वार्तामा अगाडि बढ्नका लागि वार्तामा  दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिन पछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो ।

    अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयले हमासको विनाशका लागि इजरायलले चलाएको प्रतिशोधात्मक कारबाहीमा कम्तीमा ३२ हजार ६२३ जनाको मृत्यु भएको जनाएको छ ।

    यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ र गाजाको अधिकांश जनसङ्ख्याले अहिले राफामा आश्रय लिइरहेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार