बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपालविरुद्ध ५ अर्ब १८ करोडको मुद्दा

अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपालविरुद्ध ५ अर्ब १८ करोडको मुद्दा

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपालविरुद्ध ५ अर्ब १८ करोडको मुद्दा
    images

    काठमाडौं ।   राजश्व छली प्रकरणमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार तीन सय २१ रुपैयाँ बराबरको बिगो जरिवाना मागदावी गर्दै मुद्दा दर्ता गरेको छ । कोटीभिटीले राजश्व चुहावट ऐन, २०५२ को दफा ४ को (क) र (च) बमोजिमको कसुर गरेको पुष्टि गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 


    images
    images

    विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत निकायमा प्रचलित कर कानुनबमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला नगरेको पाइएको विभागले जनाएको छ।

    मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानुनी रुपमा मान्य प्रतिनिधिसमेत देखिँदा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–२ को दफा २ (क) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नुपर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ। 

    विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर पुष्टि भएको भन्दै कुल  बिगो रकम ५ अर्ब १८ करोड कायम गरी मुद्दा चलाएको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार