बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

विश्वका डलर अर्बपतिको सूचि सार्वजनिक,अर्बपतिको संख्या २७ सय ८१ पुग्यो

विश्वका डलर अर्बपतिको सूचि सार्वजनिक,अर्बपतिको संख्या २७ सय ८१ पुग्यो

विनोद चौधरी १७ सय ६४ औं स्थानमा

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    विश्वका डलर अर्बपतिको सूचि सार्वजनिक,अर्बपतिको संख्या २७ सय ८१ पुग्यो
    images

    काठमाडौं ।अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो। 


    images
    images

     विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ।  यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका नै पहिलो स्थानमा छ। अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्।  अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ।

    जहाँ अहिले २ सय जना अर्बपति छन्।  यसैबीच विश्वका अर्बपतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन्। गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा थिए। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।

    शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार