बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्याण्ड

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्याण्ड

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्याण्ड
    images

    काठमाडौं । प्रभु बैँकले 'कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति' लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिँदै मुस्ताङ्को कागबेनीमा भक्तजनको सहजीकरणका तथा सुबिधाका लागि क्यु आर स्ट्याण्ड उपलब्ध गराएको बैंकले जनाएको छ । 


    images
    images

    बैंकले हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा दिईरहेको छ । वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । 

    बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

    प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर  छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार