बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

कमलेश अग्रवाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध, दीपक मल्होत्रा बने वरिष्ठ उपाध्यक्ष

कमलेश अग्रवाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध, दीपक मल्होत्रा बने वरिष्ठ उपाध्यक्ष

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    कमलेश अग्रवाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध, दीपक मल्होत्रा बने वरिष्ठ उपाध्यक्ष
    images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।


    images
    images

    काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।

    दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो अनुभव छ । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् ।

    वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

    ७३औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार