मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो

काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो
    images

    काठमाडौं । काठमाडौँ उपत्यकाको वायु अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । 


    images
    images

    विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। 
    आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ ।यो अति अस्वस्थकर वायु मानिने विज्ञले बताएका छन्। 
    पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ । काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

    नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ ।

    यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ ।

    एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार