मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

हावाहुरीले हवाई उडान प्रभावित, केही विमान ‘डाइभर्ट’

हावाहुरीले हवाई उडान प्रभावित, केही विमान ‘डाइभर्ट’

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    हावाहुरीले हवाई उडान प्रभावित, केही विमान ‘डाइभर्ट’
    images

    काठमाडौं । खराब मौसमका कारण हवाई सेवा प्रभावित हुन पुगेको छ ।


    images
    images

    बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण त्रिभुवन विमानस्थलबाट राष्ट्रिय (डोमिस्टिक) तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका हुन् ।  हावाहुरीले उडान अस्तव्यस्त भएको छ । कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ । त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ ।

    भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको प्रवक्ता सुवास झाले जानकारी दिए ।दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् । उनका अनुसार आन्तरिक उडान समेत प्रभावित बनेको छ । नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।

    काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौंमै फिर्ता गर्नुपरेको छ । बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट गर्नुपरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार