मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

राष्ट्रिय सभा सदस्यमा एमालेकी डा.अञ्जान शाक्य सिफारिस

राष्ट्रिय सभा सदस्यमा एमालेकी डा.अञ्जान शाक्य सिफारिस

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    राष्ट्रिय सभा सदस्यमा एमालेकी डा.अञ्जान शाक्य सिफारिस
    images

    काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त पदमा डा‍. अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनयन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।


    images
    images

    शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।उनी नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभाका पूर्वसदस्य अजयक्रान्ति शाक्यकी पत्नी हुन्।संखुवासभा घर भएकी उनी नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन्।
    व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन्।

    साथै अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव उनीसँग छ। माओवादी र कांग्रेसको गठबन्धन कायम रहँदा यो पदमा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई सिफारिस गर्ने सहमति भएको थियो । तर माओवादीले कांग्रेससँग तोडेर एमालेसँग गठबन्धन गरेपछि शाक्य सिफारिस भएकी छन् । जनमोर्चाले एमाले माओवादी गठबन्धनको विरोध गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार