मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी कारागार चलान

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी कारागार चलान

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी कारागार चलान
    images

    काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहर पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेपछि उनलाई थुनामा पठाइएको  छ ।


    images
    images

    सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

    तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् । गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मंसिरदेखि कानुनी लडाइँ लड्दै आएकी थिइन् । र, सर्वोच्चले गिरिलाई दोषी ठहर गरेको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार