मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

समयमै शुरु नभएपछि अन्तर्राष्ट्रिय समितिको बैठक छाडेर हिँडे परराष्ट्रमन्त्री श्रेष्ठ

समयमै शुरु नभएपछि अन्तर्राष्ट्रिय समितिको बैठक छाडेर हिँडे परराष्ट्रमन्त्री श्रेष्ठ

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    समयमै शुरु नभएपछि अन्तर्राष्ट्रिय समितिको बैठक छाडेर हिँडे परराष्ट्रमन्त्री श्रेष्ठ
    images

    काठमाडौं। तोकिएको समयमा बैठक सुरु नगरेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छोडेर हिँडेका छन् । मङ्गलवार बिहान साढे १० बजेका लागि बोलाइएको  समितिको बैठक पौने ११ बजेसम्म पनि सुरु नभएपछि मन्त्री बैठकबाट बाहिरिएका हुन् ।


    images
    images

    मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हलमापुगेका थिए, त्यतिबेला एक जना मात्रै सांसद सुनिता बराल उपस्थित थिईन् । । समिति सभापति राजकिशोर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरे । 

    मन्त्री श्रेष्ठले १०ः४५ बजेसम्म सांसदहरूको प्रतीक्षा गरे तर बैठक सञ्चालनका लागि १४ जना सांसद नपुगेपछि उनले आफ्नो 'अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने' भन्दै बैठक छाडेर मन्त्रालयतिर लागे । 

    मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए । मन्त्री श्रेष्ठ निस्किएपछि नेमकिपा सांसद प्रेम सुवाल लगायतका केही सांसद आएपनि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आजको बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार