मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

पहिलो पटक साउदी अरेबियासँग खेल्दै नेपाल

पहिलो पटक साउदी अरेबियासँग खेल्दै नेपाल

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    पहिलो पटक साउदी अरेबियासँग खेल्दै नेपाल
    images

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल आज साउदी अरेबियासँग भीड्दैछ । खेल विहान ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरुहुनेछ ।


    images
    images

    नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपालका लागि  प्रतिष्ठा मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको पनि बलियो सम्भावना छ ।

    नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

    नेपालले टी(२० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ । अर्को समूहमा आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने देखिन्छ ।
    नेपाल रहेको समूहमा आज मलेसिया र हङकङबीच पनि खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ ।

    प्रतिक्रिया हरु
    थप समाचार