मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

११ वर्षपछि एथलेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

११ वर्षपछि एथलेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    ११ वर्षपछि एथलेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
    images

    काठमाडौं । एथलेटिको मड्रिडलाई हराउँदै बोरुसिया डर्टमुन्ड ११ वर्षपछि पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 


    images
    images

    सन् २०१२–१३ मा उपविजेता बनेपछि डर्टमुन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको थिएन।मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डर्टमुन्टले मड्रिडलाई ४–२ ले तथा समग्रमा ५–४ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

    पहिलो लेगमा २–१ ले पछि परेको डर्टमुन्डले दोस्रो लेगमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। पहिलो हाफको ३४ औँ मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुन्डले सुरुवाती अग्रता बनाएको थियो। लगत्तै ५ मिनेटपछि नै अग्रता दोब्बर पार्यो। खेलको ३९ औँ मिनेटमा इयन माट्सेनले गोल गर्दै अग्रता दोब्बरा पारे। 

    खेलको दोस्रो हाफमा एथलेटिकोले आत्मघाति गोल खान पुग्यो। खेलको ४९ औँ मिनेटमा म्याट्स हुमेल्सले आत्मघाति गोल गरे। खेलको ६४ औँ मिनेटमा एन्जेल कोरेयाको गोलमा एथलेटिको बराबरीमा आएको थियो। 

    तर ७१ औँ मिनेटमा निकोलस फुलक्रुगको गोलमा डर्टमुन्डले अग्रता बनायो। ७४ औँ मिनेटमा मार्सेल साबिट्जरको गोलमा ४–२ को अग्रता बनाएको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार