मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
    images

    काठमाडौं । स्पेनिस ब्लब बार्सिलोनालाई हराउँदै फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 


    images
    images

    मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोनामाथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको गरेको हो। पिएसजीले समग्रमा ६–४ को जित निकाल्यो । 
     पहिलो लेगमा ३–२ को जित निकालेपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्साले कमजोर खेल्यो  ।खेलको २९ औँ मिनेटमा नै डिफेन्डर रोनाल्ड आराउफ सिधै रातो कार्ड पाउँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।  

    त्यसअघि खेलको १२ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ४० औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पिएसजी खेलमा फर्किएको थियो। ५४ औँ मिनेटमा भिटिन्हाको गोलमा पिएसजीेले अग्रता बनायो। 

     ६१ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई फराकिलो अग्रता दिलाए। ८९ औँ मिनेटमा एमबाप्पेले नै व्यक्तीगत चौथो गोल गरे। 

    पिएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमुन्डसँग खेल्नेछ। सेमिफाइनलको पहिलो लेग ३० अप्रिल तथा दोस्रो लेग ७ मे मा हुनेछ।

    प्रतिक्रिया हरु
    थप समाचार