मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

दीपेन्द्र बने टी २० तर्फ  एसोसिएट नम्बर वान अलराउन्डर

दीपेन्द्र बने टी २० तर्फ  एसोसिएट नम्बर वान अलराउन्डर

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    दीपेन्द्र बने टी २० तर्फ  एसोसिएट नम्बर वान अलराउन्डर
    images

    काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका छन् ।


    images
    images

    मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डर पर्र्दा ऐरी आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् । उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन् ।

    ऐरीपछि एसोसिएटमा नामिबियाका जेरार्ड इरास्मस १३औं स्थानमा  छन् । १२ औंस्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स छन् ।अलराउन्डरतर्फ पहिलो नम्बरमा बंगलादेशका सकिब अल हसन  छन् । टी २० बलिङतर्फ भने नेपालका कुनै पनि बलर १०० भित्र समेत अटाएनन् ।

    ब्याटिङमा कप्तान रोहित पौडेल दुई स्थान तल झर्दै ५४औं स्थानमा पुगेका छन् । ब्याटिङतर्फ ऐरी १६ स्थान सुधार गर्दै ६२औं स्थानमा उक्लिएका छन् ।त्यस्तै अर्का ब्याटर आसिफ शेख ३६ स्थान फड्को मार्दै उत्कृष्ट १०० भित्र अटाएका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औं स्थानमा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार