बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

यो गठबन्धन पुरै अवधि जान्छ : प्रचण्ड

यो गठबन्धन पुरै अवधि जान्छ : प्रचण्ड

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    यो गठबन्धन पुरै अवधि जान्छ : प्रचण्ड
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले(माओवादीसहितको गठबन्धन पूरै अवधि जाने दाबी गरेका छन्।


    images
    images

    धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा–परिचर्चालाई अस्वीकार गरे ।  ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’

    प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको पनि दाबी गरे । अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीले बताए । । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना रहेको उनले बताए । 

    ‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार