बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

मुख्यमन्त्री सोडारीविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, आफूलाई नियुक्त गर्न माग

मुख्यमन्त्री सोडारीविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, आफूलाई नियुक्त गर्न माग

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    मुख्यमन्त्री सोडारीविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, आफूलाई नियुक्त गर्न माग
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीको मुख्यमन्त्रीमा नियुक्ति बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन् ।


    images
    images

    तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरे ।

    नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संंसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरे । तर दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै थप दुई दिन समय दिएर सरकार बनाउन आह्वान गरेका थिए ।  

    सत्ता गठबन्धनमा भएको सहमति अनुसार त्यही समयमा सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर ६ गते एमाले, माओवादी, नाउपा ९कैलाश चौधरी पक्ष० समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे । प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    नाउपाका लक्ष्मणकिशोरले भने आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन् । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीले चार जनाको समर्थन उल्लेख गरेर हस्ताक्षर गर्नुका साथै अरू सांसदका अलग-अलग समर्थन पनि बुझाएको उनले बताएका छन् ।साथै राप्रपाकी खेमादेवी विष्टको समर्थन समेत पेस गरेको अवस्थामा दाबी पेस गर्न दुई दिन समय थप्नु गैरसंवैधानिक भएको उनको दाबी छ । 

    आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका उनले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन् । रिटको पेसी भोलि सोमबारका लागि तोकिएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार