बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई निषेध

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई निषेध

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई निषेध
    images

    काठमाडौं । नेकपा एमालेको प्रथम महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा नेता डा. भीम रावललाई निषेध गरिएको छ ।


    images
    images

    आफूमाथि निषेध र प्रतिशोधको नीति लिइएको भन्दै पूर्वउपाध्यक्ष तथा अध्यक्षका प्रतिस्पर्धी नेता रावलले दुःख व्यक्त गरेका छन् । उनले यसलाई जबज र लोकतान्त्रिक मान्यता विपरीत भनेका छन् ।

    ‘देश, जनता र सिद्धान्तको पक्षपोषण गरे बापत एमालेको महाधिवेशन प्रतिनिधि परिषद्मा निषेध गरी प्रतिशोध साँध्नु  जबज र लोकतान्त्रिक मान्यता विपरीत हो ।’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् । 

    रावल एमालेको पदेन सल्लाहकार भएकाले स्वतः महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुन् ।तर रावलले कार्ड लिन प्रतिनिधि पठाउँदा बनेको छैन भन्दै फिर्ता पठाइएको बताइएको छ । नवौं महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि रावललाई पार्टीमा निषेध गर्ने गरिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार