बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

सहकार्य कमजोर पार्ने कुनै काम नगर्न गठबन्धन साझेदारलाई एमालेको आग्रह

सहकार्य कमजोर पार्ने कुनै काम नगर्न गठबन्धन साझेदारलाई एमालेको आग्रह

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    सहकार्य कमजोर पार्ने कुनै काम नगर्न गठबन्धन साझेदारलाई एमालेको आग्रह
    images

    काठमाडौं । नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारूढ दलहरूलाई आग्रह गरेको छ।  महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिएको हो । एमालेले मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन आग्रह गरेको छ ।


    images
    images

    राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता गठबन्धनका सबै दललाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको छ । 

    एमालेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित नयाँ समीकरण निर्माणप्रति सन्तोष व्यक्त गर्दै सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि जनाएको छ । 

    नेकपा एमाले प्रतिनिधि परिषद् बैठकले सत्ता गठबन्धनका ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत् आजका मुख्य समस्याहरूलाई समाधान गर्ने गरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई सुझाव पनि दिएको छ।

     गोदावरी बैठकले विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्ष   निकाल्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गरेको छ।


    एमालेविरुद्ध खडा गरिएको गठबन्धन र घेराबन्दी तोड्न सफल भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिको प्रशंसा गर्दै बैठकले विशेष धन्यवाद ज्ञापन गरेको छ।

    ‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गर्दछ ।’ु १५ बुँदे प्रस्तावमा भनिएको छ।

    बैठकले पार्टी शुद्धीकरण र सदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार