बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

सत्ता सहयात्रासँगै एउटै कम्युनिष्ट केन्द्र निर्माणमा प्रचण्डको जोड

सत्ता सहयात्रासँगै एउटै कम्युनिष्ट केन्द्र निर्माणमा प्रचण्डको जोड

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    सत्ता सहयात्रासँगै एउटै कम्युनिष्ट केन्द्र निर्माणमा प्रचण्डको जोड
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवरमा कम्युनिस्ट एवं वामपन्थी शक्तिबीचको एकतामा जोड दिएका छन् ।


    images
    images

    लेनिनको १५४ औं जन्मजयन्ती नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा सोमबार बिहान शुभकामना सन्देश जारी गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट एवं वामपन्थी शक्तिबीचको एकतामा जोड दिएका हुन्। 
    कम्युनिस्ट एवं वामपन्थी शक्तिबीचको  साझा सङ्कल्प, सहकार्य र एकताले मात्रै देशमा विद्यमान चुनौतीहरुको सामना गर्न सकिने उनले बताएका छन्।  

    ‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ।’

    उनले विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न जरुरी रहेकोमा पनि जोड दिएका छन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि ध्रबीकरण र वामपन्थी एकता अहिले देशका लागि अनुचित रहेको प्रतिवेदन पार्टीबाट पारित गराएका बेला प्रचण्डले भने एकतामा जोड दिएका छन् । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार