बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

यो उपचुनाव सामान्य होईन, यसले राजनीतिको दिशा निर्देश गर्नेछ : प्रदीप पौडेल

यो उपचुनाव सामान्य होईन, यसले राजनीतिको दिशा निर्देश गर्नेछ : प्रदीप पौडेल

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    यो उपचुनाव सामान्य होईन, यसले राजनीतिको दिशा निर्देश गर्नेछ : प्रदीप पौडेल
    images

    इलाम । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बैशाख १५ को उपनिर्वाचनले देशकै राजनीतिको दिशानिर्देश गर्ने भन्दै आम जनतालाई विशेष सजग हुँदै मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।


    images
    images

    इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले उपचुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे ।  ‘यो उपनिर्वाचन सरकार बनाउन र भत्काउन महत्वपूर्ण होइन तर यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।’
    उनले थपे, ‘यो निर्वाचन सामान्य उपनिर्वाचन मात्रै होइन । यो नेपालको राजनीतिक दिशा निर्देश गर्ने पूर्वजानकारी को एउटा संकेत पनि हो ।’
    इलाम–२ मा सम्पूर्ण नेपालीको ध्यान केन्द्रीत भएको भन्दै पौडलले देशलाई जिम्मेवार ढङ्बाट अघि बढाउने सिद्धान्त बोक्नेहरुको जित आवश्यक रहेको र यसका लागि डम्बर खड्का सही उम्मेदवार रहेको दाबी गरे ।पौडेलले भौतिक पूर्वाधारको विकास गर्ने सके इलामको कन्यामसम्म आउने पर्यटकलाई इलाम जिल्ला भरि पुर्याउन योजना र पूर्वाधार बनाउन सकिने भन्दै यसका लागि सिङ्गो कांग्रेस लागिपर्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार