बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

‘ जोखिम उठाएर भएपनि कम्युनिष्ट एकताको प्रयास गरौं ’

‘ जोखिम उठाएर भएपनि कम्युनिष्ट एकताको प्रयास गरौं ’

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    ‘ जोखिम उठाएर भएपनि कम्युनिष्ट एकताको प्रयास गरौं ’
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुबीचको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।


    images
    images

    नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सोमबार ललितपुरको च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको प्रयास असफल भएपनि फेरि पहल गर्नुपर्ने बताएका हुन् । 

     ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’ विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने । 

    राष्ट्रिय स्वाधीनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे । जोखिम उठाएर भएपनि फेरि प्रयास गर्नुपर्नेमा उनले जोड दिए । ‘सहकार्य र एकतामा जानैपर्छ। जोखिम उठाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले आफूसँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालतिर हेर्दै भने, ‘जोखिम छ तर राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट भविष्य र वामपन्थी एकताका लागि चुनौती उठाउनैपर्छ। हामी त्यही बाटोमा छौँ।’

    त्यसका लागि धेरै जोखिम र चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए । ‘चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार