२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्रीनसिटी अस्पतालमा तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पतालमा तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

साझा पोष्ट
शनिबार, फागुन २० २०७९
  • images
    images
    ग्रीनसिटी अस्पतालमा तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

    काठमाडौं । काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।
    अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भई हाल भक्तपुर बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको हो । अस्पातलले आर्थिक रुपमा कमजोर शेर्पालाई निःशुल्क शल्यक्रिया गरी नयाँ जीवन दिएको छ । अस्पताले त्यसका लागि पाँच लाख बढी खर्च गरेको  बताएको छ । 
    अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए। 


    images

    green city 11677899853.PNG

    ग्रिनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्ने गरेको अध्यक्ष टन्डनले बताए। शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताईन् ।  तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि अवस्था सामान्य भएको छ । 
    green city 21677899884.PNG

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार