२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

बिहीबार , जेठ १७ २०८१
  • images
    images
    अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

    काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।


    images

    बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

    तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार