२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : 'बालेनलाई सोध्नुस्'

गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : 'बालेनलाई सोध्नुस्'

सोमबार, जेठ २१ २०८१
  • images
    images
    गिरीबन्धु टी स्टेटबारे ओलीको जवाफ : 'बालेनलाई सोध्नुस्'

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।


    images

    सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीको गिरीबन्धु टी स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर शाहलाई सोध्न आग्रह गरेका हुन् । मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

    सञ्चारकर्मीहरुको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् !’ सोमबार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार