२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

लेवान्डोस्की घाइते भएपछि पोल्यान्डलाई धक्का, युरोकप गुमाउने डर

लेवान्डोस्की घाइते भएपछि पोल्यान्डलाई धक्का, युरोकप गुमाउने डर

बुधबार, जेठ ३० २०८१
  • images
    images
    लेवान्डोस्की घाइते भएपछि पोल्यान्डलाई धक्का, युरोकप गुमाउने डर
    Image Source: Binisports.com

    एजेन्सी । पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की घाइते भएका छन्।


    images

    दाहिने खुट्टामा चोट बोकेका ३५ वर्षीय कप्तानलाई टर्किएविरुद्धको खेलको ३२औं मिनेटमा प्रतिस्थापन गरिएको थियो।

    उनी पोल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले आफ्नो देशका लागि १४९ खेलमा ८२ गोल गरेका छन्। उनी चौथो पटक युरोकपमा सहभागी हुने तयारीमा थिए। योसँगै उनले युरोकप गुमाउने सम्भावना बढेको छ।

    जुन १६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै पोल्यान्डले युरोकपको सुरुवात गर्नेछ। टोलीले यसअघि नै युभेन्ट्सका स्ट्राइकर आर्काडियुस मिलिकलाई गुमाइसकेको छ। उनले बायाँ घुँडाको चोट बोकेका छन्।

    पोल्यान्ड युरोको समूह ुडीु मा छ।  नेदरल्यान्ड्सपछि अस्ट्रिया र फ्रान्ससँग खेल्नेछ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार