२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जित्नै पर्ने दबाबबीच दक्षिण अफ्रिकासँग भीड्दै नेपाल

जित्नै पर्ने दबाबबीच दक्षिण अफ्रिकासँग भीड्दै नेपाल

साझा पोष्ट
शनिबार, असार १ २०८१
  • images
    images
    जित्नै पर्ने दबाबबीच दक्षिण अफ्रिकासँग भीड्दै नेपाल

    दीपेन्द्र कुँवर-
    सेन्ट भिन्सेन्ट । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शुक्रवार दक्षिण अफ्रिकाको सामना गर्दैछ । समूह डीको यो खेल स्थानीय समय अनुसार शुत्रवार बेलुकी साढे ७ बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा शुरु हुनेछ । 


    images

    नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाविरुद्धको दोस्रो खेलमा वर्षा बाधक बन्दा नेपालले अंक पाएको थियो । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्। त्यसैले नतिजाको ठ्याक्कै अनुमान लगाउन नसके पनि नेपाली टोली सुपर ८ मा पुग्ने सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछ। 
    सुपर ८ मा स्थान बनाउन नेपाली टोलीलाई दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्नेछ । दक्षिण अफ्रिकासँग पराजित भए नेपालको पहिलो पटक विश्वकपको सुपर ८ खेल्ने सपना समाप्त हुनेछ । दक्षिण अफ्रिका भने लगातार चौथो जित निकाल्दै अपराजित रहेर सुपर ८ खेल्ने दाउमा रहनेछ । अमेरिकामा दुई खेल खेलेको नेपाली टोली बाँकी दुई खेलका लागि वेस्ट इन्डिज आइपुगेको हो।  नेपालले वेस्ट यहाँ  बंगलादेशसँग अर्को खेल खेल्नेछ। 

    rohit.jpeg


    टेष्ट टिम दक्षिण अफ्रिकासँग खेल्न नेपाली टोली  तयार छ । नेपाली टोलीले विहीवार यही मैदानमा अभ्यास पनि गरेको थियो । दक्षिण अफ्रिकाको प्रदर्शनलाई नियालिरहेको र त्यसै अनुसार योजना बनाएर खेल्ने कप्तान रोहित पौडेलले बताए । 

     ‘दक्षिण अफ्रिकाविरुद्ध खेल्नलाई हाम्रो टोली उत्साहित छ । दक्षिण अफ्रिकाविरुद्ध खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो, हामी पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध खेल्न गइरहेका छौं । दक्षिण अफ्रिकाले यो प्रतियोगिता राम्रो खेलिरहेको छ । मौसमले प्रभावित पारे पनि हाम्रो तयारी पूर्ण छ । पछिल्लो तीन खेल देखि उनीहरुको ब्याटिङ राम्रो हुन सकेको छैन, त्यसैले दबाब उनीहरुको ब्याटिङ युनिटलाई पनि छ । दक्षिण अफ्रिकाको ब्याटिङ चल्न नसकेको एडभान्टेज हामीलाई छ । तर डेबिड मिलरले रन बनाइरहेका छन् । उनीहरुको ब्याटिङ माथि दबाब सिर्जना गर्ने हो र उनीहरुलाई जति सक्दो चाडो रनमा रोक्न हामीले प्रयास गर्ने हो ।’ कप्तान रोहित पौडेलले प्रि म्याच कन्फ्रेन्समा भने । 

    नेपालले दक्षिण अप्रिकालाई हराउन सक्ने पनि कप्तान पौडेलले आत्मविश्वास देखाए । ‘नेपालले दुवै खेल जित्ने हो भने सुपर ‘एट’ मा पुग्छ, यसमा हामी स्पष्ट छौं । कन्डिसन र हाम्रो क्षमता हेर्ने हो भने नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्ने सम्भावना पनि राम्रै छ, त्यसका लागि सवैले राम्रो खेल्नु पर्छ ।’  रोहितले भने, एक दुई जनाले मात्र राम्रो खेलेर टेस्ट राष्ट्रलाई पराजित गर्न सकिँदैन । स्किलका हिसाबले निश्चय पनि दक्षिण अफ्रिका राम्रो छ ।’ 

    rabada.jpeg

    सुपर एटमा पुगिसकेको र अन्तर्राष्ट्रिय वरीयतामा पाँचौं स्थानमा रहेको दक्षिण अफ्रिकाले  १८ औं स्थानमा रहेको नेपाललाई हल्का रुपमा लिएको छैन । ठूला टिमकाविरुद्ध जस्तै तयारी गरेर खेल्ने उसको योजना छ । 

    ‘नेपालसँगको खेल हाम्रा लागि एउटा अर्को अन्तर्राष्ट्रिय खेल हो, यो खेललाई हामी हलुका रुपमा लिने छैनौं । हामीले यस प्रतियोगितामा जस्तो खेलेको छौं, नेपालविरुद्ध त्योभन्दा राम्रो खेल्न चाहान्छौं । यो प्रतियोगितामा जुन हिसाबमा रन बनिरहेको छैन, त्यस हिसाबमा एउटा बलरको रुपमा म निकै रमाइरहेको छु ।’ दक्षिण अप्रिकाका प्रमुख बलर कागिसो रबाडाले भने,   इमान्दार भएर भन्नु पर्दा मलाई नेपालको बारेमा खासै थाहा छैन, तर हाम्रो टोलीमा एनालिस्ट छन, उनले नेपालको बारेमा सवै तयार पारेर राखेका छन् र हामी यसको गृहकार्य गर्नेछौं । नेपालले पछिल्ला वर्षहरुमा धेरै क्रिकेट खेल्दै आएको छ । क्रिकेट सवैतिर अगाडि बढिरहेको देख्दा खुशी लागेको छ । मैले अघि नै भनिसके, नेपालको खेललाई हामी सजिलो हिसाबमा लिदैनौं ।'

    सन्दीपको उपस्थितिले उत्साह

    वेस्ट इन्डिजको मैदान स्पिनरमैत्री रहेकाले नेपाल त्यसको भरपूर फाइदा उठाउने योजनामा हुनेछ। नेपाली टोलीले विहीवार यही मैदानमा अभ्यास समेत गरेको छ । अहिले टोलीमा लेग स्पिनर सन्दीप लामिछाने पुगेपछि नेपाली टोली अझै उत्साहित छ। अमेरिकाले दुई पटक सन्दीपको भिसा आवेदन अस्वीकार गरेपछि उनले वेस्ट इन्डिजमा हुने २ खेल खेल्न लागेका हुन्। 

    यसअघि क्यारेबियन लिगको अनुभव समेत बटुलिसकेका सन्दीप  यहाँको पिचबारे राम्रो जानकार छन्। सन्दीपले यहाँ आएर अभ्यास समेत गरिसकेका छन्। यद्यपि नेपाली टोलीले पनि अमेरिका जानुअघि वेस्ट इन्डिजमा नै अभ्यास खेल खेलेकोले त्यसको फाइदा पनि टोलीलाई हुनेछ। 

    sandeep.jfif


    कप्तान रोहित पौडेलले सन्दीप लामिछानेको आगमनपछि  टोली बलियो बनेको बताएका छन्। ‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं। सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ। हामी मानसिक रूपमा पनि तयार छौं,’ रोहितले भने।
    सन्दीपको उपस्थितिको दबाब दक्षिण अफ्रिकी टोलीले पनि गरेको देखिन्छ । दक्षिण अफ्रिकाका प्रमुख बलर कागिसो रबाडाले सन्दीपको बल खेल्न गाह्रो हुने बताए । ‘सन्दीप मिस्ट्री स्पीनर हुन् । यस्तो मिस्ट्री स्पिनरलाई खेल्न गाह्रो हुन्छ । तर, हाम्रो टीम उनको बलिङ सामना गर्न तयार छ ।’ रबाडाले भने । 
    आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। सुपर एट पुग्न नेपालले आजको खेलमात्रै होईन, बंगलादेशविरुद्धको खेल पनि जित्नै पर्नेछ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार