२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रवि लामिछानेलाई दोषी ठहर गरिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

रवि लामिछानेलाई दोषी ठहर गरिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

सोमबार, भदौ ३१ २०८१
  • images
    images
    रवि लामिछानेलाई दोषी ठहर गरिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

    काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।


    images

    त्यस्तै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।

     जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

    समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ । यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

    यस्तो छ प्रतिवेदनको सुझाव र सिफारिस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार