२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देशभर सुरु भयो एचपीभी खोप अभियान, झण्डै १७ लाख किशोरीलाई खोप दिने लक्ष्य

देशभर सुरु भयो एचपीभी खोप अभियान, झण्डै १७ लाख किशोरीलाई खोप दिने लक्ष्य

साझा पोष्ट
मंगलबार, माघ २२ २०८१
  • images
    images
    देशभर सुरु भयो एचपीभी खोप अभियान, झण्डै १७ लाख किशोरीलाई खोप दिने लक्ष्य

    काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।


    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरे ।

    आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।

    खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार