२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रवि र बालेनबिच सात बुँदे सहमति:बालेन भावी प्रधानमन्त्रीकाे उम्मेदवार

रवि र बालेनबिच सात बुँदे सहमति:बालेन भावी प्रधानमन्त्रीकाे उम्मेदवार

पार्टी रास्वपा, चुनाव चिन्ह घण्टीनै रहने

आइतबार, पुस १३ २०८२
  • images
    images
    रवि र बालेनबिच सात बुँदे सहमति:बालेन भावी प्रधानमन्त्रीकाे उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति भएको छ ।  


    images

    शनिबार साँझ देखिको  लगातारको बैठकपछि आईतवार विहान ४ बजे सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

    सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् ।

    सात बुँदे सहमतिको चौथो बुँदामा रवि लामिछाने सभापति र बालेन शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ । 

    सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्ल्ख छैन। तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने सहमति दुई पक्षबीच भएको छ। रवि र बालेनले जेनजी युवाका माग सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । त्यस्तै वैकल्पिक शक्तिबीच एकताका लागि पनि आह्वान गर्ने र मिलेर जाने दुवैको प्रतिवद्धता छ । 

    balen_rabi_5.jpg
    balen_rabi_4.jpg

    सात बुँदे सहमति:

    balen_rabi_2.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार