काठमाडौं निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो ।
बहुमतका आधारमा निर्णय भएको हो । कांग्रेसका दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरेपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकारी तुलाधरले गगनको पक्षमा र अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा उभिएका थिए । त्यसपछि बहुमतका आधारमा निर्णय भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो । गगन पक्षले मान्यता पाएपछि अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनीहरूकै हुने भएको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय अनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । तर दुवै पक्षको दाबी सुनेर कागजात अध्ययन गरेर आयोगले गगन पक्षलाई मान्यता दिएको हो ।


