२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रुकुमपूर्वमा प्रचण्ड भारी मतान्तरसहित अगाडि

रुकुमपूर्वमा प्रचण्ड भारी मतान्तरसहित अगाडि

साझा पोष्ट
शुक्रबार, फागुन २२ २०८२
  • images
    images
    रुकुमपूर्वमा प्रचण्ड भारी मतान्तरसहित अगाडि

    बुटवल । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारी अग्रता बनाएका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले अगाडि छन् । 


    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रचण्डले ३ हजार ६ सय ६९ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार कुसमदेवी थापाले १ हजार २९ मत पाएकी छन् । उनीहबीचको मतान्तर २ हजार ६ सय ४०  छ।

    नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ६ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लक्ष्मणकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार