२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विनिता कठायतको बिजोग हुँदा जुम्लामा रास्वपाको समानुपातिक मत कति ?

विनिता कठायतको बिजोग हुँदा जुम्लामा रास्वपाको समानुपातिक मत कति ?

साझा पोष्ट
बुधबार, फागुन २७ २०८२
  • images
    images
    विनिता कठायतको बिजोग हुँदा जुम्लामा रास्वपाको समानुपातिक मत कति ?

    काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायतको धरौटी जफत भयो । यो हार  विनिता र रास्वपाका लागि बिर्सन लायक रह्यो ।


    images

    निवर्तमान सांसद कठायतको यो ढंगको हार अनपेक्षित थियो । यहाँ राप्रपाका  ज्ञानेन्द्र शाही पार्टी र १४ हजार ८१६ मत ल्याएर  विजयी हुँदा रास्वपाकी विनिताले ४२१ मत पाईन् ।

    प्रत्यक्षतर्फ यस्तो कन्त बिजोग भएपनि समानुपातिकमा जुम्लामा रास्वपाले पाएको मत निराशाजनक छैन, जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५ हजार ११८ मत पाएको छ ।

    प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाहीसँग आफ्ना उम्मेदवार नरेश भण्डारी हारे पनि नेकपाले यहाँ सबैभन्दा धेरै समानुपातिक भोट पाएको छ ।

    नेकपाले १०,२०२, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ हजार ३६०, तेस्रो स्थानमा रहेको राप्रपाले ६ हजार ५५२ र चौथो स्थानमा रहेको नेकपा एमालेले ६ हजार २९ मत पाएको छ ।

    रास्वपा यहाँ पाँचौ स्थानमा छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार