२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाले पायो झण्डै दुई तिहाईको जनादेश

रास्वपाले पायो झण्डै दुई तिहाईको जनादेश

साझा पोष्ट
बुधबार, फागुन २७ २०८२
  • images
    images
    रास्वपाले पायो झण्डै दुई तिहाईको जनादेश

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते भएको चुनावबाट झण्डै दुई तिहाई बहुमतको जनादेश पाएको छ । समानुपातिकको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित निश्चित भएको हो ।


    images

    जस अनुसार रास्वपा दुई तिहाई नजिक छ । २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ सिट चाहिने भएपनि रास्वपाले १८२ सिट निश्चित गरेको छ, जुन बहुमत अर्थात १८४ सिट भन्दा दुई सिट मात्रै कम हो । प्रत्यक्ष तर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५१ लाख ३९ हजार २३५ मत पाएर ५७ सिट थप्ने निश्चित भएको छ ।

    आयोगले सिट विभाजनका  लागि प्रयोग गर्ने ’सेन्ट लग  फर्मुला’ मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा ५७ सिट पुग्ने देखिन्छ ।
     
    समानुपातिकमा उसलाई ५७ सिट भाग लाग्दा रास्वपाको १८२ सिट हुन्छ । दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ । एक स्वतन्त्र सांसद महाविर पुन भने रास्वपाकै समर्थनसमेत पाएर निर्वाचित भएकाले तिनको समर्थन मिल्ने हो भने एक सिटको मात्रै कमी हुनेछ । 

    रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।
    समानुपातिकबाट २० सिट थप्नेछ । 

    प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।

    प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । अब नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।

    चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ । अब उसले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ ।

    प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ । 

    समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार