२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

समानुपातिक सांसद बनाउने विषयमा श्रम संस्कृतिमा किचलो बढ्यो, हर्कले दिए निष्काशन गर्ने चेतावनी

समानुपातिक सांसद बनाउने विषयमा श्रम संस्कृतिमा किचलो बढ्यो, हर्कले दिए निष्काशन गर्ने चेतावनी

साझा पोष्ट
शुक्रबार, फागुन २९ २०८२
  • images
    images
    समानुपातिक सांसद बनाउने विषयमा श्रम संस्कृतिमा किचलो बढ्यो, हर्कले दिए निष्काशन गर्ने चेतावनी

    काठमाडौं । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरू भएको छ । किचलो बढेर पार्टीमा छोड्ने र निकाल्ने सम्म पुगेको छ । अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराउँदै निष्काशन गर्नेसम्मको चेतावनी दिएका छन् । 


    images


    हर्कको चेतावनी छ, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’

    हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ । तर विवाद चर्किँदै गएको छ । 

    महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरू भइसकेको भन्दै आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी हर्कलाई दिएकी थिइन् ।

    उनले भनेकी छन्, ‘मभन्दा संघर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु । तर, जनजातिमा अरु गयो भने राम्रो हुँदैन । हर्क साम्पाङ ज्यूले यो कुरा बुझ्नुपर्छ ।’ त्यसपछि हर्कले निकाल्ने चेतावनी दिएका हुन् । 

    निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ ।

    अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।तर विवाद बढेर गएको छ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार