२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हर्क साम्पाङको पार्टीले १६५ क्षेत्रबाटै पायो समानुपातिक मत, कहाँबाट कति ?

हर्क साम्पाङको पार्टीले १६५ क्षेत्रबाटै पायो समानुपातिक मत, कहाँबाट कति ?

सोमबार, चैत २ २०८२
  • images
    images
    हर्क साम्पाङको पार्टीले १६५  क्षेत्रबाटै पायो समानुपातिक मत, कहाँबाट कति ?

    काठमाडौं । ६ महिना अघि खोलिएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले देशका १ सय ६५ मध्ये १०१ निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव लड्यो । जसमध्ये उसले तीन सिट जित्यो । समानुपातिकमा पनि यो पार्टीले थ्रेस होल्ड कटाएर ४ सिट प्राप्त गरेर राष्टिय पार्टीको मान्यतासहित मुलुककै पाँचौ ठूलो दल बन्यो ।


    images

     संसदमा प्रतिनिधित्व गर्ने ६ मध्ये यो ७ सांसदसहित पाँचौ दल हो । प्रत्यक्षमा यो पार्टीले देशभरिका निर्वाचन क्षेत्रमा चुनाव लडन् नसके पनि समानुपातिकबाट भने यसले देशका सबै निर्वाचन क्षेत्रबाट मत पाएको छ । मुलुकका ७ प्रदेशबाट श्रम संस्कृति पार्टीले समानुपातिकमा कुल ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ।प्रदेशगत रूपमा श्रम संस्कृति पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट प्राप्त गरेको छ।  सबैभन्दा कम मत यो पार्टीले कर्णालीबाट पाएको छ ।

    कोशीका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ।  कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट पार्टीले ४ हजार ६५७ मत प्राप्त गरेको छ। कोशीपछि श्रम संस्कृतिले बागमती प्रदेशबाट दोस्रो धेरै मत पाएको छ। बागमतीका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रबाट पार्टीले ३१ हजार ५३९ मत प्राप्त गरेको छ।  

    निर्वाचन आयोगका अनुसार श्रम संस्कृतिलाई लुम्बिनीबाट तेस्रो धेरै मत प्राप्त भएको छ। चौथो धेरै मत गण्डकीबाट पाएको यो दलले पाँचौं धेरै मत मधेश प्रदेशबाट पाएको छ।  छैटौं धेरै मत सुदूरपश्चिमबाट पाएको श्रम संस्कृतिले  सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ।  क्षेत्रगतरुपमा सबैभन्दा कम मत अछाम–२ र रौतहट–२ मा समान १८ मत परेको छ । यो पार्टीले सबैभन्दा धेरै मत सुनसरी–१ मा ३२ हजार २३० पाएको छ।  यो अध्यक्ष हर्कले आफै चुनाव जितेको क्षेत्र हो । 

    प्रदेश र क्षेत्रगत मत यस्तो छ 

    कोशी प्रदेश 

    कोशीका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ। 

    ताप्लेजुङमा ८ हजार ६९८ मत, पाँचथरमा १८ हजार ३६८ मत प्राप्त भएको छ। इलामका दुई निर्वाचन क्षेत्रमा क्रमशः १६ हजार ५५० र १७ हजार ४८२ मत आएको छ। 
    संखुवासभामा १० हजार ६७३ मत, तेह्रथुममा ६ हजार ६६४ मत, भोजपुरमा १६ हजार १५० मत र धनकुटामा १३ हजार ९६० मत पाएको छ।
    यस्तै, सोलुखुम्बुमा ६ हजार ८६८ मत, खोटाङमा १८ हजार १३७ मत, ओखलढुंगामा ४ हजार ६२५ मत यो पार्टीलाई प्राप्त भएको छ।
    झापाका पाँच निर्वाचन क्षेत्रमा क्रमशः १० हजार ४०, ७ हजार ९००, ८ हजार ३०१, ८ हजार ४११ र १० हजार ६७३ मत प्राप्त भएको छ। 

    मोरङका छ निर्वाचन क्षेत्रमध्ये मोरङ–१ मा १७ हजार ५७० मत, मोरङ–२ मा २ हजार ४४० मत, मोरङ–३ मा १८ हजार ४८५ मत, मोरङ–४ मा १ हजार ४३० मत, मोरङ–५ मा ५२२ मत र मोरङ–६ मा ३ हजार ७५४ मत प्राप्त भएको छ। 
    सुनसरीका चार निर्वाचन क्षेत्रमा सुनसरी–१ मा ३२ हजार २३० मत, सुनसरी–२ मा ७ हजार ९९७ मत, सुनसरी–३ मा २ हजार २०३ मत र सुनसरी–४ मा ३ हजार २६४ मत आएको छ। 

    उदयपुरका दुई निर्वाचन क्षेत्रमा उदयपुर–१ मा १२ हजार २९६ मत र उदयपुर–२ मा ४ हजार ९९२ मत पाएको छ।  

     बागमती प्रदेश

    बागमतीका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीले ३१ हजार ५३९ मत प्राप्त गरेको छ। 

    दोलखामा ८२८ मत, रामेछापमा १ हजार ५८७ मत पाएको श्रम संस्कृतिले  सिन्धुली–१ मा २ हजार ४६१ र सिन्धुली–२ मा ८१२ मत पाएको छ। 
    सिन्धुपाल्चोक–१ मा ५६७ र सिन्धुपाल्चोक–२ मा ३९२ मत प्राप्त गरेको यो पार्टीले काभ्रे–१ मा ६१० र काभ्रे–२ मा ७३४ मत पाएको छ । 


    यस्तै रसुवामा ८१२,  नुवाकोट–१ मा ६०७ र नुवाकोट–२ मा ६९७ तथा धादिङ–१ मा ४५२ र धादिङ–२ मा ८०३ मत आएको छ । 

    काठमाडौं–१ मा ७८४, काठमाडौं–२ मा ८७७, काठमाडौं–३ मा ९३५, काठमाडौं–४ मा १ हजार १८८, काठमाडौं–५ मा १ हजार १६९, काठमाडौं–६ मा ६७७, काठमाडौं–७ मा ७६३, काठमाडौं–८ मा ५६९, काठमाडौं–९ मा ५२८ र काठमाडौं–१० मा ७७६ मत श्रम संस्कृतिलाई परेको छ । 

    भक्तपुर–१ मा ५५० र भक्तपुर–२ मा १ हजार ७५ मत यो पार्टीले  पाएको छ। ललितपुर–१ मा ४७०, ललितपुर–२ मा १ हजार १५८ र ललितपुर–३ मा २ हजार १६९ मत प्राप्त भएको छ।

    मकवानपुर–१ मा १ हजार ६२४ र मकवानपुर–२ मा १ हजार ४६७ मत आएको छ। चितवन–१ मा १ हजार ५४७, चितवन–२ मा १ हजार १४९ र चितवन–३ मा १ हजार २५३ मत प्राप्त भएको छ।

    लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रबाट पार्टीले २३ हजार ५०३ मत पाएको छ।

    रूपन्देही–१ मा २ हजार ५०४, रूपन्देही–२ मा २ हजार ३२४, रूपन्देही–३ मा १ हजार ४०५, रूपन्देही–४ मा ८० र रूपन्देही–५ मा २ हजार ४३ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ। 

    कपिलवस्तु–१ मा ८८६, कपिलवस्तु–२ मा २०९ र कपिलवस्तु–३ मा ३६३ मत आएको छ। रूकुम पूर्वमा ३६३ मत, रोल्पामा ७८८ मत र प्यूठानमा ९५५ मत प्राप्त भएको छ।

    दाङका तीन निर्वाचन क्षेत्रमा दाङ–१ मा ७०८, दाङ–२ मा ८७१ र दाङ–३ मा ४७७ मत आएको छ। बाँके–१ मा ६११, बाँके–२ मा २९९ र बाँके–३ मा ५८५ मत उसलाई  प्राप्त भएको छ। 

    बर्दिया–१ मा ५०६ र बर्दिया–२ मा ५७१ मत पाएको श्रम संस्कृतिले नवलपरासी (बर्दघाट सुस्तपश्चिम)–१ मा ८९५ र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)–२ मा १ हजार १८० मत पाएको छ। 

    गुल्मी–१ मा ७४९ र गुल्मी–२ मा १८७ मत आएको छ। पाल्पा–१ मा १ हजार ७९५ र पाल्पा–२ मा १ हजार ७६३ मत प्राप्त भएको छ। अर्घाखाँचीमा ५७२ मत आएको छ। 

    गण्डकी प्रदेश

    गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले १८ हजार ९९५ मत पाएको छ । 

    गोरखा–१ मा ४८६ र गोरखा–२ मा ६९६ मत पाएको श्रम संस्कृतिले मनाङमा ८३ मत प्राप्त गरेको छ। 

    लमजुङमा १ हजार १३७ पाएको यो पार्टीलाई कास्की–१ मा १ हजार ५८४, कास्की–२ मा १ हजार ६६ र कास्की–३ मा ९१४ मत प्राप्त भएको छ। 

    तनहुँ–१ मा १ हजार ५३२ र तनहुँ–२ मा १ हजार ३४४ मत पाउँदा  स्याङ्जा–१ मा ९५७ र स्याङ्जा–२ मा १ हजार ९ मत प्राप्त भएको छ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा २ हजार २५३ र २ मा १ हजार ९७६ मत परेको छ  ।

    मुस्ताङमा १ हजार ९७६ मत, म्याग्दीमा १ हजार ७१५ मत प्राप्त भएको छ। बाग्लुङ–१ मा ८०४ र बाग्लुङ–२ मा ७६२ मत आएको श्रम संस्कृतिलाई पर्वतमा ७६२ मत प्राप्त भएको छ।

    मधेश प्रदेश

    मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीले ९ हजार ८५४ मत पाएको छ।  सप्तरी–१ मा उसलाई २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत आएको छ।

    सिरहा–१ मा २५५, सिराहा–२ मा ३१७, सिराहा–३ मा ३९० र सिरहा–४ मा १४४ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ। 

    त्यस्तै, धनुषा–१ मा ५४०, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३ र धनुषा–४ मा ५१८ मत आएको छ। महोत्तरी–१ मा १ हजार ३०८, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत प्राप्त भएको छ।

    सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१ र सर्लाही–४ मा २७ मत आएको छ। रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा १७९ र रौतहट–४ मा ५०६ मत पाएको छ। 

    बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६ र बारा–४ मा ४४९ मत आएको छ। पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा २०३ मत प्राप्त भएको छ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले ५ हजार ३०५ मत पाएको छ।

    दार्चुलामा ५८, बैतडीमा ६०, डडेलधुरामा २३२ मत आएको छ। कञ्चनपुर–१ मा ७९३, श्रम संस्कृतिलाई  बझाङमा ४७, बाजुरामा २५, डोटीमा ८५, अछाम–१ मा २० र अछाम–२ मा १८ मत आएको छ।

    कैलाली–१ मा १ हजार ५४, कैलाली–२ मा ५७१, कैलाली–३ मा ४४५, कैलाली–४ मा ७२४ र कैलाली–५ मा ६६७ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ।  कञ्चनपुर–२ मा २८८ र कञ्चनपुर–३ मा २१८ मत प्राप्त भएको छ । 


    कर्णाली प्रदेश

    कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट पार्टीले ४ हजार ६५७ मत प्राप्त गरेको छ। यो सबैभन्दा कम मत आएको प्रदेश हो । 

    डोल्पामा ७२ मत, मुगुमा ३९ मत प्राप्त भएको छ। जुम्लामा २०० मत, कालीकोटमा ३६ मत र हुम्लामा ३० मत आएको छ। 

    जाजरकोटमा ९२ मत प्राप्त भएको छ। दैलेख–१ मा ३६७ र दैलेख–२ मा ५४ मत आएको छ। सुर्खेत–१ मा ९५२ र सुर्खेत–२ मा २ हजार २७१ मत प्राप्त भएको छ। रूकुम पश्चिममा २३२ मत आएको छ। सल्यानमा ३१२ मत परेको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार