२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

शिक्षण अस्पतालमा भर्ना भए केपी ओली

शिक्षण अस्पतालमा भर्ना भए केपी ओली

साझा पोष्ट
शनिबार, चैत १४ २०८२
  • images
    images
    शिक्षण अस्पतालमा भर्ना भए केपी ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।


    images

    आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएकामा उनी त्यहीँ भर्ना भएका हुन् ।  रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको बताइएको छ । 

    उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार