२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

साझा पोष्ट
मंगलबार, चैत १७ २०८२
  • images
    images
    ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । 
    मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।


    images

    उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए । 

    वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ ।

     वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने एमालेले तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेले हरेक दिनजसो प्रदर्शन गरिरहेको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार