२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मन्त्रीहरूको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल(क्रान्तिकारी) सडकमा (तस्बिरहरु)

मन्त्रीहरूको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल(क्रान्तिकारी) सडकमा (तस्बिरहरु)

साझा पोष्ट
सोमबार, चैत ३० २०८२
  • images
    images
    मन्त्रीहरूको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल(क्रान्तिकारी) सडकमा (तस्बिरहरु)

    काठमाडौं । नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पती विवरण अपारदर्शी भएको भन्दै प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ । 


    images


    मन्त्रिपरिषद् सदस्यहरूको सम्पतीको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पतीमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो ।

    माईतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पती विवरणबीच मेल नखाएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् ।  

    मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पतीको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने,  सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पती छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरुको माग छ ।

    mao_student_22.jpg
    mao_student_333.jpg
    mao_student_66.jpg
    mao_student_4.jpg

    तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार