२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

युएईले नेपाललाई दियो १ सय २९ रनको  लक्ष्य

युएईले नेपाललाई दियो १ सय २९ रनको  लक्ष्य

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

साझा पोष्ट
मंगलबार, वैशाख ८ २०८३
  • images
    images
    युएईले नेपाललाई दियो १ सय २९ रनको  लक्ष्य

    काठमाडौं । नेपालले युएईविरुद्धको दोस्रो टि २० जित्न १ सय २९ रनको लक्ष्य पाएको छ ।


    images

    कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाउँदै नेपाललाई मध्यम लक्ष्य दिएको हो । खराब शुरुवात गरे पनि युएई खेलमा फर्कियो र मध्यम लक्ष्य खडा गर्यो ।

    ४८ रनमै ६ विकेट गुमाएर संकटमा परेका पाहुना टोली एक समय १०० रन भित्रै सीमित हुने देखिएको थियो । तर अक्षदीप नाथले अर्धशतक बनाउँदै सम्हाले । उनी ५३ रनमा नटआउट रहे । ४२ बल खेलेका उनले ४ चौका र ३ छक्का हाने । यस्तै मुहम्मद अरफानले ३२ र अदीब उस्मानीले ३० रन जोडे । 
    नेपालका लागि आज पनि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिए । यस्तै हेमन्त धामीले २, नन्दन यादव र साहब आलमले समान १ विकेट लिए । लक्ष्य पछ्याउँदै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार