२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भुर्तेलको शानदार ब्याटिङमा युएईमाथि नेपालको जित, बराबरीमा सकियाे टि–२० शृंखला

भुर्तेलको शानदार ब्याटिङमा युएईमाथि नेपालको जित, बराबरीमा सकियाे टि–२० शृंखला

मंगलबार, वैशाख ८ २०८३
  • images
    images
    भुर्तेलको  शानदार ब्याटिङमा युएईमाथि नेपालको  जित, बराबरीमा सकियाे  टि–२० शृंखला

    काठमाडौं । युएईविरुद्धको दोस्रो टि-२० आईमा नेपाल ८  विकेटले विजयी भएको छ । कीर्तिपुरमा १ सय २९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र २   विकेट गुमाएर पुरा गर्यो । योसँगै २ खेलको सिरिज १-१ को बराबरीमा टुंगिएको छ ।


    images

    यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।  नेपालका लागि कुशल भुर्तेलले आक्रामक र उत्कृष्ट ब्याटिङ गरे । उनी ८४ रनमा नटआउट रहे । उनले ५७ बलमा १२ चौका र २ छक्का हाने । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा नटआउट २३ रन बनाए । 

    नेपाललले आज उत्कृष्ट शुरुवात गर्यो । नेपालका लागि ओपन गर्दै कुशल भुर्तेल र कुशल मल्लले  पहिलो पावर प्लेमा विना क्षति ५१ रन जोडे । ३४ रनमा जीवनदान पाएको फाइदा उठाउँदै भूर्तेलले ८४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।  ओपनर कुशल मल्लले १७ बलमा २ छक्का र एक चौकासहित १९ रन जोडे । वान डाउन मौका पाएका डेबुडेन्ट सन्तोष यादव १ रन जोडेर आउट भए ।

    nepal_team1.jpg

    बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एकएक विकेट लिए । यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाएकाे थियाे ।

    युएईका लागि अक्षदीप नाथले अर्धशतक बनाए । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको जोडीले सम्हाल्यो । झेदारीले उकासेको थियो ।

    नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरे । नाथ ५३ रनमा नटआउट रहँदा अरफान ३२ रनमा आउट भए । अदीब उसमानी ३०,अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १ रनमा आउट भए । कप्तान मोहम्मद वासिम, शोएब खान, निलंश केसवानी  र खुजाइमा तनभीरले  खाता खोल्न सकेनन् । 
    सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ४ ओभरमा २० रन  खर्चेर २ विकेट लिए । नन्दन र शाहवले १–१ विकेट लिए । नन्दनले ४ ओभरमा ४४ र शाहवले ३  ओभरमा २९ रन खर्चे । सन्तोषले १ ओभर बलिङ गर्दै ११ रन खर्चे ।

    uae.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार