पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आइपुगेका छन् । पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा आइपुगेका हुन् ।
शाहलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पञ्चेबाजा र पुष्पगुच्छाले पूर्वराजाको स्वागत गरे ।
त्यसक्रममा शाहको पक्षमा समर्थकले जयजयकार समेत गरे । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ । पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
–न्युज एजेन्सी नेपाल


