२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रवि लामिछानेले बोलाए सचिवालय बैठक, सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन, जालान त बालेन ?

रवि लामिछानेले बोलाए सचिवालय बैठक, सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन, जालान त बालेन ?

साझा पोष्ट
शनिबार, वैशाख १९ २०८३
  • images
    images
    रवि लामिछानेले बोलाए सचिवालय बैठक, सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन, जालान त बालेन ?

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयको बैठक बोलाएको छ। सभापति रवि लामिछानेको निर्देशनमा भोलि बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । 


    images

    उनका अनुसार बैठक दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेछ। बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।
    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। सरकारले अघि बढाएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएपछि चर्को आलोचना भइरहेको बेलामा सभापति लामिछानेले पार्टी बैठक डाकेका हुन्।

    पार्टीका वरिष्ठ नेता भए पनि प्रधानमन्त्री वालेन्द्र शाह बैठकमा जाने गरेका छैनन् । अहिले सभापति लामिछानेले सबैलाई अनिवार्य उपस्थित हुन भनेकोले प्रधानमन्त्री जालान कि नजालान भन्ने चासो बढ्दो छ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार