२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्नः ‘वागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?’

प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्नः ‘वागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?’

साझा पोष्ट
शनिबार, वैशाख १९ २०८३
  • images
    images
    प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्नः ‘वागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?’

    काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गरेकाे छ । 


    images


    शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीको नारा सुन्दर भएपनि काम गराई असंवेदनशील भएको बताएकाे टिप्पणी गरे । वागमती किनारबाट विस्थापित नागरिकको आशुले नेपाल हासिँरहेको देखिन्छ कि रोइरहेको ? उहाँले प्रश्न गरे ।

    उनले संविधानले परिकल्पना गरेको लोककल्याणकारी र समाजवादउन्मुख राज्यको लक्ष्य हाल सरकारले गरिररहेको व्यवहारसँग मेल नखाने बताए । आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हकलाई राज्यले खोस्न नहुने उनको भनाई छ । उनले विकास मानवकेन्द्रित हुनुपर्नेमा जोड दिए । मानवबिनाको विकासको कुनै अर्थ नहुने उनको भनाई छ । सुकुम्वासी क्षेत्रमा रहेका अव्यवस्थित बसोवास हटाउँदा राज्यले देखाएको रवैयाप्रति उनले आपत्ति जनाउनु भयो । हजारौँ सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउन सक्ने सरकारले एक हप्ता प्रमाण जाँच गरेर समाधान खोज्न किन सकेन ? उनको प्रश्न छ ।

    उनले भने ‘नेपालको संविधानले राज्यलाई एउटा लोककल्याणकारी, समाजवादउन्मुख, सामाजिक न्यायसहितको राज्यको परिकल्पना गरेको छ । हामीले थुप्रै आवासको हक, खाद्यको हक, स्वच्छ वातावरणमा बाँच्न पाउने हक, रोजगारीका हक जस्ता नयाँ जेनेरेसनका मौलिक हक समेत हामीले संविधानमा जारी गरेका छौँ । तर आज जे देख्दैछौँ हामी, यी प्रिय छन् र ? प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, ’म नेपाल हाँसेको हेर्न चाहन्छु’। कति सुन्दर छ, यो वाक्य । तर बागमतीको किनारमा बगिरहेका आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ ? खराब मान्छेहरू होलान् त्यहाँ, स्क्रिनिङ गर्न सकिने ठाउँ थियो नि त । थापाथलीमा अव्यवस्थित बसोवास हटाउँदाखेरि १ हजार भन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्क परियो सेना समेत त्यहाँ थियो । त्यति गर्न सक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबुल राखेर ‘ल आउनुहोस् तपाईंको प्रमाण के छ’ भनेर स्क्रिनिङ गरेको भएपनि त के बिग्रिन्थ्यो ? जे देखिँदै छ, राम्रो लक्षण देखिँदै छैन । मानवकेन्द्रित हो हामीले खोजेको विकास, विकास माइनस मानव ग¥यो भने त्यो विकासको के अर्थ हुन्छ ? सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्कहरू बन्लान्, कुकुरहरू डुल्लान् तर मान्छे हुनुपर्यो नि । हामीले खोजेको विकासको मोडल त त्यो होईन ।’ 

    नेता ज्ञवलीले सरकार गठन भएको एक सय दिनसम्म आलोचना नगर्ने परम्परा रहेपनि सरकारको कार्यशैलीका कारण केही विषयमा मौन बस्न नसकिएको बताए ।  उनले निरकंशु पञ्चायतसंग खोसेर दिएको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार वर्तमान सरकारले मास्न खोजेको बताए । ट्रेड युनियन अधिकार र मिडियामाथि नियन्त्रणका प्रयासहरू भएको उहाँको भनाई छ । उहाँले विद्यार्थी संगठन, ट्रेड युनियनमा भएका खराबीलाई सच्याउन सकिने बताए  उनले वर्तमान सरकारको कार्यशैलीले निर्वाचित सर्वसत्तावादतिर जाँदैछौँ कि भन्ने संकेत देखिन थालेको बताए । उनले सरकारलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारप्रति जिम्मेवार बन्न आग्रह गरे ।

    उनले भने, ‘सरकारको १०० दिनसम्म आलोचना नगरौँ भन्ने नै हुन्छ । हामी पनि त्यही बाटो हिँड्न चाहन्थ्यौँ। चाहन्छौँ । तर केही चिजहरू छन्, जसले नबोली नहुने, ती कुराहरूको रेकर्ड नगराई नहुने, त्यसको बारेमा समाजलाई सचेत नगराई नहुने स्थिति सिर्जना भएको छ । सरकार कसरी हिँड्न चाहिरहेको छ ? विस्तारै नेपाली जनताले लामो समयदेखि हासिल गरेका लोकतान्त्रिक अधिकारहरू संकुचनमा पर्ने जोखिम देखा पर्न थालेको छ । २०२१ सालमा पञ्चायतसँग नेपाली जनताले खोसेर ल्याएको सबैभन्दा पहिलो अधिकार भनेको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार हो । दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा हुनुहुन्थ्यो, तर विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार २०२१ सालमा खोसेर ल्याएको अधिकार हो । आज त्यो कटौती गर्ने घोषणा गरिएको छ । ट्रेड युनियनको अधिकार नेपालको संविधानले दिएको अधिकार हो । होला, ट्रेड युनियनमा विकृतिहरू होलान्, होला विद्यार्थी संगठनहरूमा विकृति होलान्, विकृति त दलमै पनि त छन् नि । दलमा विकृति छन् भनेर हामी दलविहीन व्यवस्थाको कल्पना गर्छौँ ? महेन्द्रले १७ सालमा त्यही त गर्या थिए , त्यस्तो त होइन होला । त्यसलाई त सुधार गर्ने होला । ट्रेड युनियन अधिकारहरू संकुचन, स्वतन्त्र मिडियाहरू बलियो नबनून् भन्नाका निमित्त उनीहरूलाई दिइने विज्ञापनहरूमा नियन्त्रण अथवा करीब करीब निषेध, सामाजिक सञ्जालको कुरा भनिरहनु परेन । सामाजिक सञ्जाल स्वतन्त्र अभिव्यक्तिको एउटा माध्यम हुनुपथ्र्यो, त्यहाँ एउटा संगठित जमात तयार गरेर अलिकति फरक विचार आयो कि त एकदमै बुलिङ गर्ने तहसम्म, ह्यारेसमेन्ट गर्ने तहसम्मको स्थिति छ । पोलिटिकली हामी एउटा निर्वाचित सर्वसत्तावादतिर, निर्वाचित एउटा अलोकतान्त्रिक रेजिमतिर जाँदै छौँ कि भन्ने प्रारम्भिक अवस्थाहरूले देखाइरहेको अवस्था छ ।’

    ज्ञावलीले अध्यादेशमार्फत कानून निर्माण प्रक्रिया थालनी गर्ने सरकारको कार्यशैली प्रति पनि असन्तुष्टी जनाए । संसद बोलाएर फेरि बन्द गरी अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाविपरित भएको उनको भनाई छ । उहाँले नियमावलीमार्फत विधेयक पास गर्ने समयसीमा तोकेर छिटो कानुन निर्माण गर्न सकिने बताए । – न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार