काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकता हुने भएको छ । भोलि दिउँसो ३ बजे औपचारिक घोषणा गर्ने दुई नेताबीच सहमति भएको स्रोतले जनाएको छ ।
सुदन किरातीलाई वरिष्ठ नेता बनाएर एकता प्रक्रिया टुंगिनेछ ।
भोलि दिउँसो बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताइएको छ ।


