२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हर्क साम्पाङ र सुदन किरातीबिच आज एकताको घोषणा हुने, सुदन श्रम संस्कृतिको वरिष्ठ नेता

हर्क साम्पाङ र सुदन किरातीबिच आज एकताको घोषणा हुने, सुदन श्रम संस्कृतिको वरिष्ठ नेता

साझा पोष्ट
शुक्रबार, वैशाख २५ २०८३
  • images
    images
    हर्क साम्पाङ र सुदन किरातीबिच आज एकताको घोषणा हुने, सुदन श्रम संस्कृतिको वरिष्ठ नेता

    काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच आज एकताको घोषणा हुँदैछ ।  गएराति उनीहरुबीच एकताको एकताको सैद्धान्तिक सहमति भएपछि आज घोषणा गर्न लागिएको हो । एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिईनेछ । 


    images

    सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ ।उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

    harka_sudan_1.JPG
    विहीवार राति छलफलका क्रममा हर्क र सुदन लगायतका नेताहरु । 


    पूर्व माओवादी नेतासमेत किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए ।

    गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए । त्यो पार्टीमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदमा थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार