२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अमेरिकाले नेपाललाई दियो १ सय ९६ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो १ सय ९६ रनको लक्ष्य

दीपेन्द्रले उत्कृष्ट बलिङ गर्दै लिए ४ विकेट

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    अमेरिकाले नेपाललाई दियो १ सय ९६ रनको लक्ष्य

    काठमाडौं । विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा भैरहेको खेलमा अमेरिकाले नेपाललाई  १ सय ९६ रनको लक्ष्य दिएको छ ।


    images

    टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले  मा अलआउट हुँदै १  सय ९५ रन बनायो । अमेरिकाले राम्रो शुरुवात गरेपनि नेपाली बलरले उत्कृष्ट कम ब्याक गर्दै अमेरिकालाई २ सय रन भित्रै प्याक गरे । एक समय अमेरिका १२२ २ को अवस्थामा थियो । तर दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई लयमा ल्याए ।

    सोमपालले ८३ रन बनाएका स्मित पटेल, ऐरीेले ५० रन बनाए सेहान जयसुरिया र २८ रन बनाएका मिलिन्द कुमारलाई शिकार बनाएपछि अमेरिका कमजोर बन्यो । र, ४३ ओभर ३ बल खेलेर अलआउट भयो । सन्दीप लामिछानेले कप्तान साइतेजा मुक्कामल्लालाई आउट गरे ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा  सन्दीप लामिछाने, गुल्सन झा, नन्दन यादवले समान १ विकेट लिए । लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गर्नेछ । 

    dipendra.jpg
    undefined

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार